भिडियो कन्फरेन्समा प्रयोग भइरहेको जुम एप असुरक्षित छ सचेत हुन भारत सरकारको सुझाव

भिडियो कन्फरेन्समा प्रयोग भइरहेको जुम एप असुरक्षित छ सचेत हुन भारत सरकारको सुझाव

नयाँ दिल्ली- भारतको केन्द्रीय गृह मन्त्रालयले लकडाउन लागू भएपछि निजी क्षेत्रका कार्यालयहरुमा निकै प्रयोगमा आएको जुम एपको प्रयोग गर्दा सावधानी अपनाउन निजी क्षेत्रलाई सुझाव दिएको छ।

घरबाटै काम गरिरहेका त्यस्ता कम्पनीहरुले भिडियो कन्फेरेन्समा जुम एप प्रयोग गर्ने गरेका छन्। जुम एपको प्रयोग भारतमा मात्र होइन, विश्वभर लोकप्रिय भइरहेको छ।

भारतको गृह मन्त्रालयले साइबर सुरक्षाको हिसाबले जुम एप असुरक्षित रहेको निष्कर्श निकालेको छ। भारत सरकारले यस अघि नै सरकारी कर्मचारीको हकमा यो एप प्रयोगमा प्रतिबन्ध लगाएको थियो।

भारतको राष्ट्रिय साइबर सुरक्षा एजेन्सी कम्प्युटर इमर्जेन्सी रेस्पन्स टिम अफ इन्डियाले जुम एपले साइबर सुरक्षाको जोखिम बढाउने सुझाव दिएको थियो।

जुम एपमार्फत ह्याकर छिर्न सक्ने र महत्वपुर्ण सुचना बाहिरिन सक्ने भएकाले निजी क्षेत्रका लागि निर्देशिका जारी गरिएको छ जसमा ह्याकरको प्रवेश रोक्न पालना गर्नुपर्ने उपायहरु सुझाइएको छ।

उजेली न्यूज
हरेकपल ताजा समाचार

प्रतिक्रिया दिनुहोस्

सम्बन्धित समाचार