त्रिवेणीमा ६२५५ बालबालिकालाई टाइफाइड विरुद्धको खोप लगाईयो

त्रिवेणीमा ६२५५ बालबालिकालाई टाइफाइड विरुद्धको खोप लगाईयो

मुसीकोट । रुकुम पश्चिमको त्रिवेणी गाउँपालिका भित्रका १५ महिनादेखि १५ वर्षमुनिका ६ हजार २५५ जना बालबालिकालाई टाइफाइड विरुद्धको खोप लगाईएको छ ।

चैत २५ गतेबाट शुरु भएको टाईफाईड विरुद्धको राष्ट्रिय खोप अभियान आज बुधबार सम्पन्न गरिएको छ । त्रिवेणी गाउँपालिकाका प्रमुख प्रशासकीय अधिकृत प्रेम बहादुर घर्तीका अनुसार गाउँपालिका भित्र ४१ वटा खोप केन्द्रबाट टाईफाईड विरुद्धको खोप अभियान संचालन गरिएको थियो ।

प्रमुख प्रशासकीय अधिकृत घर्तीका अनुसार १५ देखि २३ महिनासम्मका ३२९ र २ देखि १५ वर्षमुनिका ५ हजार ७६२ जना बालबालिकालाई टाईफाईड विरुद्धको खोप लगाईएको छ । खोप लगाईएका सबै बालबालिकाहरुमा अहिलेसम्म कुनै असर नदेखिएको जनाइएको छ ।

खोप अभियानमा ६९ स्वास्थकर्मी र ९७ जना महिला स्वास्थ्य स्वंसेविका परिचालन गरिएको थियो ।

यस्तै रुकुम पश्चिममा ३ सय ७५ वटा खोप केन्द्रबाट खोप अभियान सञ्चालन गरिएको छ । जिल्लाभर अभियान सञ्चालन गर्ने ४ सय ८२ स्वास्थकर्मी परिचालन गरिएको स्वास्थ्य सेवा कार्यालयका खोप सुपरभाइजर अधिकृत कृष्णा खड्काले बताउनुभयो ।

जिल्लामा टाईफाईड विरुद्धको खोप लगाउने बालबालिकाको संख्या ४५ हजार ८ सय ७५ रहेको स्वास्थ्य सेवा कार्यालयले जनाएको छ । १५ वर्ष मुनिका बालबालिकालाई ११ गुणा बढी संक्रमण हुने हुँदा टाइफाइड विरुद्धको खोप नछुटाई लगाउन थालिएको बताइएको छ ।

 

उजेली न्यूज
हरेकपल ताजा समाचार

प्रतिक्रिया दिनुहोस्

सम्बन्धित समाचार