हावाहुरीपछि धनगढीमा विद्युत सेवा अवरुद्ध

हावाहुरीपछि धनगढीमा विद्युत सेवा अवरुद्ध

बैशाख ६ काठमाडौं

धनगढीमा गएराती चलेको हावाहुरीले  विद्युत सेवा अवरुद्ध भएको छ। नेपाल विद्युत प्राधिकरण धनगढी वितरण केन्द्रले गएरातीको हावाहुरीका कारण ३३ केभिए लाईनमा समस्या आएपछि विद्युत सेवा अवरुद्ध भएको जनाएको छ।

वितरण केन्द्र प्रमुख सुरेन्द्र चौधरीले लाईनमा समस्या देखिएपछि गएरातीदेखि नै धनगढी क्षेत्रको विद्युत सेवा पूर्ण रुपमा अवरुद्ध भएको बताए। उनका अनुसार गेटा आँखा अस्पताल नजिकै रुख ढल्दा विद्युत लाईन अवरुद्ध भएको हो।

अहिले धनगढीबाट रुख काट्न टोली गेटातर्फ प्रस्थान गरिरहेको तथा समस्या देखिएका अन्य क्षेत्रमा समेत लाईन मर्मत सम्भारको काम जारी राखिएकाले दिउँसो सम्ममा विद्युत सेवा सुचारु हुने वितरण केन्द्र प्रमुख चौधरीले बताउनु भयो ।

उजेली न्यूज
हरेकपल ताजा समाचार

प्रतिक्रिया दिनुहोस्

सम्बन्धित समाचार