कोरोना संक्रमित १२ जना चिकित्सकीय निगरानीमा तर कुनै लक्षण देखिएको छैन

कोरोना संक्रमित १२ जना चिकित्सकीय निगरानीमा तर कुनै लक्षण देखिएको छैन

बैशाख ६ काठमाडौ
कोशी अस्पताल विराटनगर अन्तर्गत (कोभिड–१९) उपचार केन्द्रमा भर्ना गरिएका १२ जना कोरोना संक्रमितको अवस्था सामान्य रहेको छ ।  उदयपुरबाट शनिबार विहान विराटनगर ल्याएर भर्ना गरिएका ११ जना भारतीयसहित एकजना नेपालीको अवस्था सामान्य रहेको हो ।

 

कोरोना पोजेटिभ देखिएपनि उहाँको अवस्था अति सामान्य छ, कोशी अस्पताल मेडिकल सुपरिटेन्डेन्ट डा.संगिता मिश्रले भन्नुभयो–चिकित्सकीय निगरानीमा रहनु भएका उहाँमा कुनै लक्षण देखिएको छैन ।

संक्रमित १२ जनाले आफूहरुलाई कुनै समस्या नरहेको बताएकाले सामान्य औषधी चलाउन बाहेकको काम गरिएको छैन ।  इन्फेक्सन छ तर विरामीलाई थाहा छैन, र समस्या पनि छैन भने एन्टीबायोटिक चलाउनु पर्ने अवस्था हुँदैन । विशेषज्ञ फिजिसियन डा.दीपक सिग्देलले अहिलेसम्म उनीहरुमा समस्या नदेखिएको बताउँदै बारम्बार चिकित्सकीय निगरानी आवश्यक रहेको बताउनुभयो ।

 

उदयपुर त्रियुगा नगरपालिका–३ भुल्केस्थित मस्जिदमा बस्दैै आएका ११ जना भारतीयसहित एकजना नेपालीमा कोरोना संक्रमित पुष्टि भएपछि उनीरुलाई कोशी अस्पतालको कोभिड–१९ उपचार केन्द्रमा भर्ना गरिएको हो ।

उजेली न्यूज
हरेकपल ताजा समाचार

प्रतिक्रिया दिनुहोस्

सम्बन्धित समाचार