बागलुङकी कोरोना संक्रमित ६५ वर्षीया महिला आइतबार घर फर्किने

बागलुङकी कोरोना संक्रमित ६५ वर्षीया महिला आइतबार घर फर्किने

बैशाख ६ पोखरा
बेल्जियमबाट कतार एअरवेयजको जहाजबाट नेपाल आएकी बागलुङकी ६५ वर्षीया कोरोना संक्रमित महिला निको भएर घर फर्कने भएकी छन् । २४ घण्टाभित्र गरिएको दोस्रो परीक्षणमा समेत  नेगेटिभ आएपछि उनलाई डिस्चार्ज गर्ने तयारी गरेको गण्डकी प्रदेश स्वास्थ्य निर्देशक डा.विनोदविन्दु शर्माले बताउनु भएको छ ।

उनको शनिबार पोखराको प्रदेश जनस्वास्थ्य प्रयोगशालामा पीसीआर मेसिनमा परीक्षण गर्दा रिपोर्ट नेगेटिभ आएको थियो। यसअघि बिहीबारको परीक्षणमा पनि नेगेटिभ रिपोर्ट आएको थियो।

धौलागिरी अञ्चल अस्पताल बागलुङको आइसोलेसन वार्डमा उपचार गरिरहेकी ती महिलालाई आइतबार डिस्चार्ज गरिएपनि  घरमा १४ दिन सुरक्षित रुपमा होम क्वारेन्टाइनमा राखेर फलोअप गरिने डा. विनोदविन्दु शर्माले बताउनु भएको छ ।

यस्तै आजै काठमाडौंस्थित टेकु अस्पतालबाट अर्की संक्रमित युवती निको भएर डिस्चार्ज भएकी छन्।

उजेली न्यूज
हरेकपल ताजा समाचार

प्रतिक्रिया दिनुहोस्

सम्बन्धित समाचार