रोल्पा ३ मा कांग्रेसका राजकुमार पुरीको प्यानल विजयी

रोल्पा ३ मा कांग्रेसका राजकुमार पुरीको प्यानल विजयी

रोल्पा नगरपालिका वडा नम्बर ३ को वडा अध्यक्षमा नेपाली कांग्रेसका राजकुमार पुरी विजयी भएका छन्। माओवादी केन्द्रका उम्मेदवार भरत विष्टलाई हराएर उनी वडा अध्यक्षमा निर्वाचि भएका हुन्।

पुरीले विष्टलाई १ सय ४५ मतान्तरले पराजित गरेको बताइएको छ। वडाध्यक्ष पुरीसहित खुला सदस्य लिलबहादुर थापा, कल्पना घर्ती, महिला सदस्य प्रेमा बुढाथापा र दलित महिला सदस्य तिला नेपाली विजयी भएका छन्।

त्यस्तै, नेपाली कांग्रेसले रोल्पामा तीनवटा वडा जितेको छ। यसअघि गंगादेव गाउँपालिका–१ र ७ मा कांग्रेसका उम्मेदवार वडाध्यक्षमा विजयी भएका छन्।

उजेली न्यूज
हरेकपल ताजा समाचार

प्रतिक्रिया दिनुहोस्

सम्बन्धित समाचार