कोरोना भाइरसका कारण पञ्जाब प्रहरीका एसिपीको निधन

कोरोना भाइरसका कारण पञ्जाब प्रहरीका एसिपीको निधन

बैशाख ७ काठमाडौ

कोरोना भाइरसका कारण भारतको पञ्जाब प्रहरीका एसिपीको निधन भएको छ । लुधियानाका एसिपी अनिल कोहलीको अपोलो अस्पतालमा उपचारको क्रममा निधन भएको हो ।

उनलाई लुधियानानको एसपिएस अस्पतालमा प्लाज्मा थेरापी गर्नु पर्ने थियो । तर त्यो भन्दा अघि नै कोरोना भाइरसका कारण उनको निधन भएको हो । पञ्जाबका मुख्यमन्त्री अमरिन्दर सिंहले एसिपी कोहलीको निधनप्रति दुःख व्यक्त गरेका छन् ।

केही दिनअघि एसिपी कोहलीलाई कोरोना भाइरसको संक्रमण रहेको पुष्टि भएको थियो । ५२ वर्षका एसिपी कोहलीले हालै कुनै पनि देशको यात्रा गरेका थिएनन् ।

परिवारका सदस्यसहित उनको सम्पर्कमा आएका अरु व्यक्तिमा पनि कोरोना भाइरसको संक्रमण भएको हुन सक्ने भन्दै परीक्षण गरिएको छ ।

उजेली न्यूज
हरेकपल ताजा समाचार

प्रतिक्रिया दिनुहोस्

सम्बन्धित समाचार