कोरोनाभाइरस संक्रमणबाट मुक्त हुने पहिलो देश बन्यो ग्रिनल्याण्ड

कोरोनाभाइरस संक्रमणबाट मुक्त हुने पहिलो देश बन्यो ग्रिनल्याण्ड

बैशाख ७ काठमाडौ

संक्रमित सबै ११ नागरिक निको भएपछि ग्रिनल्याण्ड कोरोनाभाइरस मुक्त हुने पहिलो देश भएको छ। यहाँ अप्रिल ४ यता कोही संक्रमित फेला परेका छैनन्।

पहिलो संक्रमित भने मार्च १४ मा भेटिएका थिए। मार्च २७ मा सबैभन्दा बढी ४ संक्रमित फेला परेका थिए। मार्च २२ मा दुई जना र मार्च १८, २४ र २५ मा १/१ संक्रमित भेटिएका थिए।

अन्तिम संक्रमितको अप्रिल ७ मा गरिएको भाइरस परीक्षण ‘नेगेटिभ’ आएपछि ग्रिनल्याण्ड कोरोनाभाइरस संक्रमण मुक्त भएको हो। यद्यपि पुनः भाइरस संक्रमण हुने जोखिम न्यूनीकरणका लागि सचेतता अपनाइएको जनाइएको छ।

ग्रिनल्याण्ड विश्वकै ठूलो टापु हो। यो देशको जनसंख्या करीब ५६ लाख छ। यो भौगोलिक रुपमा उत्तर अमेरिकामा पर्ने स्वायत्त देश हो। तर, राजनीतिक रुपमा यो डेनमार्कको राजतन्त्र अन्तर्गत छ।

एक जना मात्र संक्रमित भेटिएका यमन र सेन्ट पियरे मिक्विलनमा बिरामीको उपचार जारी छ। पाँच जना संक्रमित भेटिएका भुटानमा तीन जनाको उपचार जारी छ। त्यहाँ अप्रिल २ यता नयाँ संक्रमित भेटिएका छैनन्।

उजेली न्यूज
हरेकपल ताजा समाचार
Krishi Bikas Karyalaya

प्रतिक्रिया दिनुहोस्

सम्बन्धित समाचार