मुसीकोट १३ का वडाध्यक्ष खड्काद्धारा पदभार ग्रहण

मुसीकोट १३ का वडाध्यक्ष खड्काद्धारा पदभार ग्रहण

मुसिकोट । रुकुम पश्चिमको मुसीकोट नगरपालिका वडा नम्बर १३ का वडाध्यक्षले पदभार ग्रहण गर्नुभएको छ । बिहिबार वडाध्यक्ष खलबहादुर खड्काले वडा कार्यालय चौतारामा पदभार ग्रहण गर्नुभएको हो ।

पदभार ग्रहण पछि वसेको वडाको पहिलो बैठकले वडा भरका कृषकलाई पुरस्कृत गर्ने निर्णय गरेको छ । कृषकका समस्यालाई मध्यनजर गर्दै वडाभरमा राम्रो गर्ने कृषकहरुलाई वार्षिक रुपमा पुरस्कृत गर्ने निर्णय भएको वडाध्यक्ष खड्काले बताउनुभयो ।

यस्तै वडा भित्रका गरिब, विपन्न, जेहेनदार, सहिद परिवार र उत्कृष्ट विद्यार्थीलाई वडाले प्रोत्साहन स्वरुप पुरस्कृत गर्ने भएको छ ।  वडा भरमा खर र फुसका छाना विस्थापित गर्ने भएको छ । बैठकले खरका छाना हटाई ५ वर्ष भित्रमा जस्तापाताका छाना राख्ने निर्णय गरेको हो ।

वडाबाट संचालन हुने सबै क्रियाकलाप सुशासन प्रत्याभुति हुने गरी काम गर्ने वडाध्यक्ष खड्काको भनाई छ ।

उजेली न्यूज
हरेकपल ताजा समाचार

प्रतिक्रिया दिनुहोस्

सम्बन्धित समाचार