एकल पुरुषलाई ‘विदुर भत्ता’ दिने

एकल पुरुषलाई ‘विदुर भत्ता’ दिने

 जाजरकोटको नलगाड नगरपालिकाले ६० वर्षमाथिका विदुर पुरुषलाई भत्ता दिने निर्णय गरेको छ। बिहीबारको कार्यपालिका बैठकले उक्त निर्णय गरेको प्रमुख प्रशासकीय अधिकृत मानबहादुर गिरीले जानकारी दिए।

आगामी आर्थिक वर्षदेखि त्यो लागू हुनेगरी उक्त नियम जारी गरिएको छ। पछिल्लो समयमा यहाँ छोराले बुहारी ल्याउने बित्तिकै बुढाबुढीलाई अलग्गै राख्ने प्रचलन बढेको छ। जसले उनीहरू बिचल्लीमा परेको देखिन्छ। अहिले एकल महिलासँगै एकल पुरुषले पनि समस्या भोगिरहेका धेरै घटना सार्वजनिक भएका छन्।

एकल पुरुषका समस्या बुझेर विदुर भत्ता उपलब्ध गराउन थालिएको नगरप्रमुख डम्बर रावतले बताए।

बैठकले गर्भवती र सुत्केरीलाई निःशुल्क रूपमा यातायात सेवा उपलब्ध गराउने निर्णय समेत गरेको छ।

नगरपालिकाको एम्बुलेन्स सेवा अब सुत्केरी तथा गर्भवतीका लागि निःशुल्क रूपमा प्रयोग हुने भएको हो। आर्थिक अभावकै कारण धेरै महिलाले सुत्केरी हुन नसकेर समस्या भोगिरहेको भन्दै यस्तो निर्णय गरिएको अधिकृत गिरीले बताए।

उजेली न्यूज
हरेकपल ताजा समाचार

प्रतिक्रिया दिनुहोस्

सम्बन्धित समाचार