त्रिवेणी गाउँपालिकाको नीति कार्यक्रम र बजेट पारित

त्रिवेणी गाउँपालिकाको नीति कार्यक्रम र बजेट पारित

मुसिकोट । रुकुम पश्चिमको त्रिवेणी गाउँपालिको आर्थिक वर्ष ०७९/०८० को वाषिर्क नीति तथा कार्यक्रम र बजेट गाउँसभाले पारित गरेको छ ।

स्थानीय सरकार सञ्चालन ऐन ०७४ बमोजिम असार १० गतेका दिन सातौ‌ गाउँ सभामा पेश भएको नीति तथा कार्यक्रम र बजेट सातौं गाउँसभाको दोस्रो बैठकबाट सर्वसम्मत आज पारित भएको गाउँपालिकाका प्रमुख प्रशासकीय अधिकृत प्रेमबहादुर घर्तिले जानकारी दिनुभयो ।

गत शुक्रबार गाउँसभामा गाउँपालिका अध्यक्ष गणेश केसीले नीति तथा कार्यक्रम र उपाध्यक्ष राजकुमारी रेउलेले वजेट वक्तव्य पेश गर्नुभएको थियो । गाउँसभाले आगामी आर्थिक वर्षको नीति तथा कार्यक्रममा पहिलो प्राथमिकतामा शिक्षालाई राखेको छ भने स्वास्थ्यलाई दोस्रो प्राथमिकतामा राखेको छ ।

गाउँपालिका उपाध्यक्ष रेउलेले गाउँसभामा प्रस्तुत गर्नुभएको ४९ करोड ३५ लाख ६५ हजार ४२२ को वजेट पारित भएको हो ।

कुल विनियोजित बजेट मध्य चालुतर्फ ३६ करोड ८० लाख ६५ हजार ४२२ बजेट बिनियोजन गरिएको छ भने पुँजीगत तर्फ १२ करोड ५५ लाख बजेट बिनियोजन भएको छ ।

त्रिवेणी गाउँपालिका, रुकुम पश्चिमको आर्थिक वर्ष २०७९-०८० को बजेट

त्रिवेणी गाउँपालिकाको नीति तथा कार्यक्रम

उजेली न्यूज
हरेकपल ताजा समाचार

प्रतिक्रिया दिनुहोस्

सम्बन्धित समाचार