असार मसान्त भित्र पूर्ण खोप सुनिश्चित जिल्ला घोषणा गरिने

रुकुम पश्चिम

असार मसान्त भित्र पूर्ण खोप सुनिश्चित जिल्ला घोषणा गरिने

रुकुम पश्चिम

जिल्ला खोप समन्वय समितिको बैठक ।

मुसिकोट । चालु आर्थिक बर्ष भित्रै रुकुम पश्चिमलाई पूर्ण खोप सुनिश्चित जिल्ला घोषणा गर्ने तयारी गरिएको छ । बिहिबार मुसिकोटमा बसेको जिल्ला खोप समन्वय समितिको बैठकले यसै बर्षको असार भित्रमा जिल्लालाई पूर्ण खोप सुनिश्चित जिल्ला घोषणा गर्ने तयारी गर्ने गरी निर्णय गरेको छ ।

पूर्ण खोप घोषणाको लागि सबै मापदण्ड पुग्नेगरी अन्तिम तयारी गरिरहेको जिल्ला स्वास्थ्य कार्यालय रुकुम पश्चिमका जनस्वास्थ्य अधिकृत कालीबहादुर ओलीले जानकारी दिनुभयो । उहाँका अनुसार जिल्लामा स्वास्थ्यकर्मीको संलग्नतामा तेस्रो पक्षबाट सर्वेक्षण, सर्वेक्षण प्रतिवेदनको विश्लेषण, सुक्ष्म योजना तयारी र छुट खोप प्रदान र प्रतिबेदन तथा दिगोपनाको लागि प्रतिबद्धता बाँकि रहेकोले २४ गते भित्र पुरा गर्ने निर्णय गरिएको छ ।

जिल्ला समन्वय समितिका उप प्रमुख देवबहादुर बिकको अध्यक्षतामा बसेको खोप समन्वय समितिको बैठकले नेपाल पत्रकार महासंघ, गैर सरकारी संस्था महासंघ र उद्योग वाणिज्य संघको अगुवाईमा पालिका अनुसार अन्तिम सर्वेक्षण गर्ने र २६ गते प्रतिवेदन पेश गरेर पूर्ण खोप सुनिश्चितताको तय गर्ने निर्णय गरेको जनस्वास्थ्य अधिकृत ओलीले बताउनुभयो ।

कार्यक्रममा स्वास्थ्य सेवा कार्यालय रुकुम पश्चिमका खोप निरीक्षक कृष्णा खड्काले खोप कार्यक्रमको मुख्य उद्धेश्य र खोपको बारेमा जानकारी गराउनुभएको थियो । उहाँले खोपबाट बचाउन सकिने रोगहरुलाई शुन्य अवस्थामा कायम गर्न पूर्ण खोप जरुरी रहेको बताउनुभयो । उहाँले यसको लागि नियन्त्रण, निवारण र उल्मुलनको काम खोपले गर्ने स्पष्ट पार्नुभयो ।

पूर्णखोप सुनिश्चितताको लागि १६ महिनादेखि २३ महिनासम्म उमेरको बालबालिकाहरुमा खोप अवस्थाको पहिचान र विश्लेषण गरिएको हुनुपर्ने उहाँले बताउनुभयो ।

जिल्लाका आठविसकोट र मुसीकोट नगरपालिका र बाँफिकोट गाउँपालिकाले पालिका घोषणाका लागि सिफारिस गरिसकेको र बाँकि चौरजहारी नगरपालिका, त्रिवेणी र सानीभेरी गाउँपालिकाले सिफारिसको अन्तिम तयारी गरिरहेको छ ।

उजेली न्यूज
हरेकपल ताजा समाचार

प्रतिक्रिया दिनुहोस्

सम्बन्धित समाचार