देशका विभिन्न भागमा बिहानैदेखि वर्षा : चट्याङ, हुरीबतास र असिना पर्ने सम्भावना

देशका विभिन्न भागमा बिहानैदेखि वर्षा : चट्याङ, हुरीबतास र असिना पर्ने सम्भावना

बैशाख ९ काठमाडौ
अहिले काठमाण्डौ उपत्यकासहित देशका विभिन्न ठाउँमा मेघ गर्जन र हुरीबतास सहित पानी परिरहेको छ । विशेषगरी प्रदेश २, वाग्मती प्रदेश, गण्डकी प्रदेश, प्रदेश ५ र कर्णाली प्रदेशमा अहिले पानी परिरहेको मौसम पूर्वानुमान महाशाखाले जनाएको छ ।

 

यो क्रम अझै डेढ घण्टा चल्ने मौसमविद् मन्जु बासीले जानकारी दिनुभयो । उहाँका अनुसार यो बादल अहिले उत्तर पूर्वतिर सरिरहेको छ । यसकै कारण पूर्वतिर पनि चट्याङ, हुरीबतास र असिना पर्ने भएकाले सावधानी अपनाउन उहाँको सुझाव छ ।

यस्तै मंगलबार दिउँसो देशभर आंशिकदेखि सामान्य बदली रही केही स्थानमा मेघगर्जन र चट्याङ्ग तथा असिना र हावाहुरीसहित वर्षाको सम्भावना रहेको मौसमविदले बताएका छन् ।

उजेली न्यूज
हरेकपल ताजा समाचार

प्रतिक्रिया दिनुहोस्

सम्बन्धित समाचार