उदयपुरमा ३३ वर्षका पुरुषमा कोरोना संक्रमणको पुष्टि

उदयपुरमा ३३ वर्षका पुरुषमा कोरोना संक्रमणको पुष्टि

वैशाख ९ काठमाडौं
उदयपुरमा अर्को एकजनामा पनि कोरोना संक्रमण पुष्टि भएको छ । स्वास्थ्य तथा जनसंख्या मन्त्रालयका अनुसार उनी ३३ वर्षका पुरुष कोरोना संक्रमण पुष्टि भएको हो । यो सँगै अब नेपालमा कोरोना संक्रमण संख्या ३२ पुगेको छ भने ४ जना निको भएर घर फर्कका छन ।

यस्तै आजै उदयपुरको भुल्केमा ८ जना व्यक्तिमा कोरोनाभाइरस कोभिड १९ को संक्रमण देखिएपछि उनीहरूलाई आजै धरानस्थित विपी कोइराला स्वास्थ्य विज्ञान प्रतिष्ठान पठाइएको छ।

त्रियुगा नगरपालिका वडा नम्बर ३ का अध्यक्ष अबधेस कुमार चौधरीले संक्रमित आठै जनालाई बिहानै दुइटा एम्बुलेन्समा धरान पठाइएको सेतोपाटीलाई जानकारी दिए। अहिले आठै जनलाई आइसोलेसनमा भर्ना गरिएको अस्पतालले जनाएको छ।

उजेली न्यूज
हरेकपल ताजा समाचार

प्रतिक्रिया दिनुहोस्

सम्बन्धित समाचार