रुकुम पूर्वमा प्रहरीको गाडी दुर्घटना, डिएसपी सहित चार जना घाईत

उद्धारका लागि सेनाको हेलिकप्टर पुग्यो

रुकुम पूर्वमा प्रहरीको गाडी दुर्घटना, डिएसपी सहित चार जना घाईत

उद्धारका लागि सेनाको हेलिकप्टर पुग्यो

रुकुमकोट । रुकुम पूर्वको पुथा उत्तरगङ्गा गाउँपालिका तक्सेरामा जिल्लास्थित सुरक्षा निकायका प्रमुखहरू चढेको प्रहरीको भ्यान दुर्घटना भएको छ ।

जीप दुर्घटनामा परि नेपाल प्रहरीका रुकुम पूर्व प्रमुख नायब उपरीक्षक (डिएसपी)  प्रकाश डाँगीसहित चार जना घाइते भएका छन ।

घाइतेमध्ये गम्भीर घाइते प्रहरी जवानलाई थप उपचारका लागि अस्पतालसम्म पुर्याउन नेपाली सेनाको हेलिकप्टर पठाउन गृहमन्त्री बालकृष्ण खाणले सम्बन्धित निकायलाई निर्देशन दिनुभएको छ ।

गृह मन्त्रालयको शान्ति सुरक्षा महाशाखाले जानकारी गराएपछि नेपाली सेनाको सुर्खेतमा रहेको हेलिकप्टर उद्धारका लागि घटनास्थलमा पुग्दैछ ।

रुकुम पूर्वका प्रमुख जिल्ला अधिकारी तुलाराज सुनुवारका अनुसार लु १ झ ६६० नम्बरको प्रहरीको भ्यान सडकबाट करिब ८० मिटर तल खस्दा प्रहरीका डिएसपी डाँगीलाई टाउकोमा चोट लागेको छ । प्रहरी जवान लक्ष्मण बुढा गम्भीर घाइले भएका छन

यस्तै दुर्घटनामा सशस्त्र प्रहरी बल रुकुम पूर्वका प्रमुख नायब उपरीक्षक (डिएसपी)  रविन श्रेष्ठ घाइले हुनु भएको छ । जीपमा दुई प्रहरीका जिल्ला प्रमुखसहित छ जना सुरक्षाकर्मी सवार थिए ।

अनुगमन र अरु कामको सिलसिलामा प्रमुख जिल्ला अधिकारीलगायतको टोली तकसेरा जाने क्रममा दुर्घटना भएको हो  । घटनाको थप विवरण आउँन बाँकी छ ।

 

उजेली न्यूज
हरेकपल ताजा समाचार

प्रतिक्रिया दिनुहोस्

सम्बन्धित समाचार