‘कोरोना महामारीले विश्वभर भोकमरीको जोखिम’

‘कोरोना महामारीले विश्वभर भोकमरीको जोखिम’

वैशाख १० वैशाख

संयुक्त राष्ट्रसंघ (यूएन)को विश्व खाद्य कार्यक्रम (डब्ल्यूएफपी) ले कोरोना भाइरस (कोभिड–१९) को कारण विश्वभर भोकमरी फैलिने खतरा रहेको बताएको छ ।

डब्ल्यूएफपीका प्रमुख डेभिड बियसलीले भोकमरीको संकट आउन नदिन अहिले नै तत्काले त्यसबाट बच्ने कदम शुरु गर्नुपर्ने बताएका हुन् ।

एक प्रतिवेदनले विश्वभर भोकमरीको सामना गर्नेको संख्या १३ करोड ५० लाखबाट बढेर २५ करोड पुग्न सक्ने देखाइसकेको छ । डब्ल्यूएफपीका अनुसार युद्धको मारमा परेका, आर्थिक संकटमा परेका र जलवायु परिवर्तनको समस्या सामना गरिरहेका १० मुलुकमा भोकमरीको जोखिम उच्च देखिएको छ ।

यमन, कंगो, अफगानिस्तान, भेनेजुयला, इथियोपिया, दक्षिण सुडान, सिरिया, नाइजेरिया र हाइटी सबैभन्दा प्रभावित बन्न सक्ने डब्ल्यूएफपीले बताएको छ । गत वर्ष दक्षिण सुडानमा जनासंख्याको ६१ प्रतिशतले खाद्य संकटको सामना गरेका थिए ।

त्यसका साथै पूर्वी अफ्रिका र दक्षिण एसियामा पनि खाद्य अभाव हुन सक्ने बताइएको छ । यूएनको सुरक्षा परिषद्को बैठकमा बोल्दै बियसलीले समग्र विश्वभर यो संकट आउन नदिन छिटोभन्दा छिटो आवश्यक कदम चाल्नुपर्ने बताए । उनले यो संकट केही महिनासम्म रहने बताएका छन् । उनले यसबाट बच्नका लागि आफूहरुसँग कुनै समय नरहेको बताएका छन् ।  बीबीसी

उजेली न्यूज
हरेकपल ताजा समाचार

प्रतिक्रिया दिनुहोस्

सम्बन्धित समाचार