गुल्मीमा जिल्ला बाहिर बाट आउनेलाई १४ दिन क्वारेन्टाइनमा राखिने

गुल्मीमा जिल्ला बाहिर बाट आउनेलाई १४ दिन क्वारेन्टाइनमा राखिने

बैशाख ११ काठमाडौ
कोरोना भाइरस संक्रमण  दिनानुदिन बढिरहेकाले त्यसको रोकथाम तथा नियन्त्रणका लागि  जिल्ला प्रशासन कार्यालय गुल्मीले जिल्लाभन्दा बाहिरबाट आएका लाई कम्तीमा १४ दिन अनिवार्य रुपमा क्वारेन्टाइनमा राख्ने निर्णय गरेको छ ।  मंगलबार गुल्मीका प्रमुख जिल्ला अधिकारी भरतकुमार शर्माको अध्यक्षतामा बसेको प्रकोप व्यवस्थापन केन्द्र जिल्ला स्तरीय समितिको बैठकले अन्य जिल्लाबाट आउनेलाई अनिवार्य क्वारेन्टाइनमा राख्ने निर्णय गरेको हो ।

बिहिबार उजेली न्यूज डटकम सँगको कुराकानीमा प्रमुख जिल्ला अधिकारी भरतकुमार शर्माले भन्नु भयो सबै स्थानीय तहलाई बाहिर बाट आएका व्यक्तिहरुलाई अनिवार्य क्वारेन्टाइनमा राख्न भनिएको छ । उहाँले विदेशबाट आएका र स्थानीयतहले तोकिएको क्वारेन्टाइनमा बसेका सबै व्यक्तिको र्‍यापिड डायग्‍नोस्टिक टेस्ट गर्न व्यवस्था मिलाउन समेत स्थानीयतहलाई आग्रह गरिएको बताउनु भएको छ ।

यस्तै बैठकले खोप कार्यक्रम, जेष्ठ नागरिकको उपचार, अलपत्र परेका मजदुरलाई खान र बस्नको व्यवस्था मिलाई घरजान चाहनेलाई सम्बन्धित स्थानीय तहसँग समन्वय गरेर गाडीको व्यवस्था गरि घर पठाउने बताएको छ ।

१२ वटा स्थानीय तह रहेको गुल्मी जिल्लामा चैत्र महिना देखि भारत लगायत तेस्रो मुलुकबाट करिब दुई हजार व्यक्ति प्रवेश गरेको प्रजिअ शर्माले बताउनु भयो ।

उजेली न्यूज
हरेकपल ताजा समाचार

प्रतिक्रिया दिनुहोस्

सम्बन्धित समाचार