सानीभेरीमा प्रधानाध्यापकहरुको लागी अभिमुखीकरण

सानीभेरीमा प्रधानाध्यापकहरुको लागी अभिमुखीकरण

रुकुम पश्चिमको सानीभेरी गाउँपालिकामा रहेका प्राधानाध्यापकहरुको लागी अभिमुखीकरण कार्यक्रम सञ्चालन गरिने भएको छ ।

सानीभेरी गाउँपालिका गाउँ कार्यपालिकाको कार्यालय शिक्षा युवा तथा खेलकूद शाखा सिम्लीको आयोजनामा प्राधानाध्यापकहरुको लागी एक दिने अभिमुखीकरण कार्यक्रम हुने भएको हो ।

गाउँपालिकामा कार्यरत सबै प्रधानाध्यापकहरुको लागि गाउँपालिकाबाट सञ्चालन हुने शिक्षा सम्बन्धि सशर्त कार्यक्रमहरुको अभिमुखीकरण हुन लागेको शिक्षा युवा तथा खेलकूद शाखा प्रमुख भूपालसिं विष्टले जानकारी दिनुभयो ।

अभिमुखीकरण कार्यक्रम मंसिर १९ गते सोमबारका दिन शिक्षा युवा तथा खेलकुद शाखा सिम्लीमा हुने छ ।

उजेली न्यूज
हरेकपल ताजा समाचार

प्रतिक्रिया दिनुहोस्

सम्बन्धित समाचार