नेविसंघ नेता कुन्दन काफ्लेले विवाह खर्च कटाएर कोरोना कोषमा दुईलाख जम्मा

नेविसंघ नेता कुन्दन काफ्लेले विवाह खर्च कटाएर कोरोना कोषमा दुईलाख जम्मा

बैशाख १५ काठमाडौ
नेपाल विद्यार्थी संघका पूर्व महामन्त्री कुन्दनराज काफ्लेले आफ्नो विवाह खर्च वापतको रकम (कोभिड—१९ प्रधानमन्त्री राहत कोष) मा जम्मा गर्नुभएको छ ।

हालै मात्र विवाह बन्धनमा बाधिएका नेता काफ्ले र उहाँकी धर्मपत्नी मेनुका अधिकारीले सोमबार स्वास्थ्य मन्त्रालय पुगेर स्वास्थ्य मन्त्री भानुभक्त ढकाललाई दुईलाख रुपैंयाँ हस्तान्तरण  गर्नुभएको हो ।

लकडाउनकै अवधिमा विवाह गरेका काफ्ले दोलखा निवासी हुनुहुन्छ । दोस्रो जनआन्दोलनताका शसक्त भूमिका निर्वाह गर्नुभएका काफ्ले विद्यार्थी आन्दोलनमा सँधै अग्रणी स्थानमा रहँदै आउनु भएको छ ।

उजेली न्यूज
हरेकपल ताजा समाचार

प्रतिक्रिया दिनुहोस्

सम्बन्धित समाचार