‘अपहरण’ प्रकरणमा कानुनी कारबाही अगाडि बढाउन माग

‘अपहरण’ प्रकरणमा कानुनी कारबाही अगाडि बढाउन माग

बैशाख १५ काठमाण्डौ

प्रमुख विपक्षी दल नेपाली कांग्रेस तथा विपक्षी  जनता समाजवादी पार्टी नेपाल र राष्ट्रिय प्रजातन्त्र पार्टीले सङ्घीय सांसद डाक्टर सुरेन्द्र यादव अपहरित भएकाे भनिएको प्रकरणमा कानुनी कारबाही अगाडि बढाउन माग गरेका छन् ।

कांग्रेस केन्द्रीय कार्यालय सानेपामा साेमबार सङ्घीय संसदमा प्रतिनिधित्व गर्ने तीन दलका शीर्ष नेताको बैठकले यस विषयमा तत्काल कानुनी कारबाही अगाडि बढाउन माग गर्ने निर्णय गरेको हो ।

बैठकपछि कांग्रेस सभापति शेरबहादुर देउवा, जसपाका उपेन्द्र यादव र शरदसिंह भण्डारी तथा राप्रपाका अध्यक्ष डाक्टर प्रकाशचन्द्र लोहनीले संयुक्त विज्ञप्ति निकाल्दै ‘स्वेच्छाचारी प्रवृत्ति’ विरुद्ध सम्पूर्ण लोकतन्त्रवादी शक्ति एकबद्ध भइ सङ्घर्ष गर्ने प्रतिबद्धता व्यक्त गरेका छन् ।

बैठकले कोरोना भाइरसको सङ्क्रमण सन्दर्भमा गरिएको लकडाउन अवधिमा जनताका न्यूनतम आवश्यकता पूर्ति गर्न तथा नेपाली अर्थतन्त्रमा परेको नकारात्मक प्रभाव न्यून गर्नका लागि तत्काल राहत र कार्यक्रमको ठोस योजना प्रस्तुत गर्न माग गरेको छ ।

साथै कोरोना भाइरसको यथार्थ स्थिति पत्ता लगाउन आवश्यक जाँचलाई तीव्रता दिन बैठकले माग गरेको छ ।  रासस

उजेली न्यूज
हरेकपल ताजा समाचार

प्रतिक्रिया दिनुहोस्

सम्बन्धित समाचार