निःशुल्क ह्विलचियर वितरण

निःशुल्क ह्विलचियर वितरण

मुसिकोट । रुकुम पश्चिमको चौरजहारीमा शारीरिक अपांगता भएका व्यक्तिहरूलाई ह्विलचियर वितरण गरिएको छ ।

शनिबार चौरजहारी नगरपालिका र मानव बिकास तथा सामुदायिक सेवा आशा बाल बिकास सेवा सिबिआरको समन्वयमा ह्विलचियर वितरण गरिएको हो ।

चौरजहारी नगरपालिका भित्रका ५ जना शारीरिक अपाङ्गता भएका व्यक्तिहरुलाई निःशुल्क ह्विलचियर वितरण गरिएको छ ।

चौरजहारी नगरपालिका उपप्रमुख ईश्वरी शर्मा बिएम, मानव बिकास तथा सामुदायिक सेवा आशा बाल बिकास सेवाका संयोजक तुलसा शर्मा, चौरजहारी अस्पताल प्रमुख डिल बहादुर गिरी लगायतको उपस्थिति ह्विलचियर वितरण गरिएको थियो ।

 

उजेली न्यूज
हरेकपल ताजा समाचार

प्रतिक्रिया दिनुहोस्

सम्बन्धित समाचार