सानीभेरी ३ वेल्टापुमा आँखा उपचार केन्द्र स्थापना

सानीभेरी ३ वेल्टापुमा आँखा उपचार केन्द्र स्थापना

मुसिकोट । रुकुम पश्चिमको सानीभेरी गाउँपालिकाले आखाँ उपचार सेवा सुरु गरेको छ। गाउँपालिकावासीलाई गाउँपालिकामै आँखा उपचार सेवा दिने उदे्श्यले गाउँपालिकाले वडा नम्बर ३ को बेल्टापुमा आधारभूत आँखा उपचार सेवा केन्द्र संचालन गरेको हो ।

बुधबार सानीभेरी गाउँपालिका अध्यक्ष विर्ख बहादुर विष्ट, उपाध्यक्ष कमला रोका पुन¸ प्रमुख प्रशासकीय अधिकृत दिपक बुढाथोकी लगाएतका जनप्रतिनिधि तथा कर्मचारीहरुको उपस्थितिमा उक्त आँखा उपचार केन्द्रको उद्घाटन गरिएको हो ।

साविकको गरायला गाविसको लागि भनेर निर्माण गरिएको भवन अलपत्र अवस्थामा भएपछी उक्त भवनलाई आँखा उपचार केन्द्रको रुपमा उपयोग गरिएको गाउँपालिका अध्यक्ष बिर्ख बहादुर विष्टले बताउनु भयो ।

सानिभेरी गाउँपालिकाको व्यवस्थापन र नेपाल नेत्रज्योति संघ, एकिकृत आखा कान स्वास्थ्य कार्यक्रम कर्णाली प्रदेशको प्राविधिक सहयोगमा आँखा उपचार केन्द्रको स्थापना गरिएको छ ।

आँखा उपचार केन्द्रमा नेत्र सहायक सहित ४ जना कर्मचारी खटिएका छन् । आँखा सेवा केन्द्रबाट आँखा जाँच, चश्मा वितरण लगायतका सेवा प्रवाह हुने बताइएको छ ।

 

उजेली न्यूज
हरेकपल ताजा समाचार

प्रतिक्रिया दिनुहोस्

सम्बन्धित समाचार