कर्णाली प्रदेशको कृषि कर्जा २६.१७ प्रतिशतले वृद्धि

कर्णाली प्रदेशको कृषि कर्जा २६.१७ प्रतिशतले वृद्धि

कर्णाली प्रदेशको कृषि कर्जा २६.१७ प्रतिशतले बढेर ४ अर्ब ९५ करोड ३९ लाख रुपैयाँ  पुगेको छ। शुक्रबार सार्वजनिक गरेको नेपाल राष्ट्र बैंकको तथ्याङ्कअनुसार गत वर्षको तुलनामा यस वर्षको मंसिर मसान्तसम्ममा २६.१७ प्रतिशतले बढेर ४ अर्ब ९५ करोड ३९ लाख रुपैयाँ  पुगेको हो।

२०७९ असार मसान्तसम्ममा यस प्रदेशका बैंक तथा वित्तीय संस्थाहरुद्वारा कृषि क्षेत्रमा प्रवाहित कर्जा २०७८ असार मसान्तसम्मको तुलनामा २६.१७ प्रतिशतले बढेर ४ अर्ब ९५ करोड ३९ लाख रुपैयाँ  पुगेको राष््ट्र बैङ्ले जनाएको छ। गत वर्षमा यो कर्जा ४७.८४ प्रतिशतले वृद्धि भई ३ अर्ब ९२ करोड ६३ पुगेको थियो।

कुल कृषि कर्जामध्ये सबैभन्दा बढी ४ अर्ब ९१ करोड ८८ लाख रुपैयाँ कर्जा कृषि तथा वनजन्य शीर्षकमा प्रवाह भएको छ।

३ करोड ५० लाख कर्जा माछापालनमा प्रवाहित भएको बैङ्कले जनाएको छ। समीक्षा वर्षमा कृषि तथा वनजन्य शीर्षकमा प्रवाह कर्जा २८.१९ प्रतिशतले वृद्धि भएको छ भने माछापालनमा ६०.६७ प्रतिशतले घटेको छ।

कर्णाली प्रदेशमा प्रवाहित कुल कृषि कर्जामध्ये सबैभन्दा धेरै २ अर्ब २८ करोड ६८ लाख रुपैयाँ सुर्खेत जिल्लामा प्रवाहित भएको छ भने सबैभन्दा कम ९२ करोड रुपैयाँ डोल्पामा प्रवाहित भएको छ।

उजेली न्यूज
हरेकपल ताजा समाचार

प्रतिक्रिया दिनुहोस्

सम्बन्धित समाचार