सरस्वती पूजामा विद्यार्थीबाट रकम नअसुल्न निर्देशन

सरस्वती पूजामा विद्यार्थीबाट रकम नअसुल्न निर्देशन

फाईल तस्बीर ।

वीरगन्ज महानगरपालिकाले सरस्वती पूजाका नाममा विद्यार्थीबाट चन्दा नलिन निर्देशन दिएको छ।

महानगरमा रहेका निजी विद्यालयहरूले सरस्वती पूजा मनाउने नाममा विद्यार्थीहरूबाट मनलाग्दी ढंगले चन्दा भन्दै रकम असुल्न थालेको जनगुनासो आएपछि मंगलबार वीरगन्ज महानगरपालिकाको कार्यालयले सूचना जारी गर्दै त्यसो नगर्न निर्देशन दिएको हो।

यदि कुनै विद्यालयले सरस्वती पूजाका नाममा विद्यार्थीबाट चन्दा वा शुल्क लिएको भए तत्काल फिर्ता गर्न पनि महानगरले निर्देशन दिएको छ।

‘महानगरका निजी विद्यालयहरूले सरस्वती पूजाका नाममा चन्दा संकलन गरिरहेको भनि यस कार्यालयमा लिखित तथा मौखिक उजुरी परेकाले शिक्षा ऐन तथा नियमावलीले तोकेबाहेकको कुनै पनि शीर्षक वा बहानामा चन्दा तथा शुल्क उठाउने तत्काल रोक्न र लिइसकेको भए अविलम्ब फिर्ता गर्न अनुरोध गरिन्छ’, महानगरको सुचनामा उल्लेख छ।

उजेली न्यूज
हरेकपल ताजा समाचार

प्रतिक्रिया दिनुहोस्

सम्बन्धित समाचार