फागुन ८ भित्र राष्ट्रपति रनिङ शिल्ड प्रतियोगिता सञ्चालन गर्न अनुरोध

रुकुम पश्चिममा

फागुन ८ भित्र राष्ट्रपति रनिङ शिल्ड प्रतियोगिता सञ्चालन गर्न अनुरोध

रुकुम पश्चिममा

फाइल फोटो ।

मुसिकोट । रुकुम पश्चिमका स्थानीय तहहरुलाई जिल्ला खेलकुद विकास समिति रुकुम पश्चिमले फागुन पहिलो साता भित्र राष्ट्रपति रनिङ शिल्ड प्रतियोगिता सञ्चालन गर्न अनुरोध गरेको छ ।

शुक्रबार एक सूचना जारी गर्दै समितिले फागुन ८ गतेभित्र राष्ट्रपति रनिङ शिल्ड संचालन गर्न जिल्लाका ६ वटै स्थानीय तहहरुलाई अनुरोध गरेको हो।

राष्ट्रिय खेलकुद परिषदबाट पौष २१ गते प्राप्त पत्रानुसार स्थानीय तहको राष्ट्रपति रनिङ शिल्ड प्रतियोगिता संचालन निर्देशिका २०७९ (चौथो संशोधन) अनुसार फागुन ८ गतेसम्म शिल्ड संचालन गर्न सबै स्थानीय तहहरुलाई आग्रह गरिएको जिल्ला खेलकुद विकास समितिका कार्यालय सचिव लिलाप्रसाद ढकालले बताउनुभयो ।

यस्तै फागुन १० गतेभित्रै स्थानीय शिल्डमा सहभागी भई छनौट भएका खेलाडीको विवरण खेलकुद विकास समितिको कार्यालयमा बुझाउन पनि सूचनामा उल्लेख गरिएको छ ।

 

उजेली न्यूज
हरेकपल ताजा समाचार

प्रतिक्रिया दिनुहोस्

सम्बन्धित समाचार