आठविसकोटमा सार्वजनिक सुनुवाई कार्यक्रम सम्पन्न

आठविसकोटमा सार्वजनिक सुनुवाई कार्यक्रम सम्पन्न

मुसिकोट । रुकुम पश्चिमको आठविसकोट नगरपालिकाले सार्वजनिक सुनुवाई कार्यक्रम सम्पन्न गरेको छ । नगरपालिकाले आर्थिक बर्ष २०७९/०८० मा कार्यालयबाट सम्पादन भएका कामको प्रभावकारीता तथा नागरिकको सन्तुष्टी तथा गुनासो सुनुवाई गर्ने उदेश्यले सार्वजनिक सुनुवाई गरिएको हो ।

बिहिबार भएको कार्यक्रमका सहभागीहरुले नगरपालिकाको विकासका लागी साना भन्दा पनि ठुला योजनामा केन्द्रीत भएर लाग्न सुझाव दिएका छन् । सहभागीले सेवा प्रवाहको गुनासो तथा विकास निर्माणका काम बारेमा प्रश्न तथा सुझाब दिएका थिए ।

सार्वजनिक सुनुवाई कार्यक्रममा नगरपालिकाबाट सञ्चालित विकास कार्यक्रम, प्रवाह हुने सेवाको जानकारी, सेवाग्राहीले उठाएका जिज्ञासाहरुको जवाफ, रचनात्मक सुझावहरु संकलन गरिएको थियो ।

विशेष गरि नगरवासीहरुले बाटोघाटो, विद्युत, खानेपानी, भवन निर्माण, सडक निर्माण, खुल्लादिशामुक्त क्षेत्रको अनुगमनमा कमी लगायतको समस्याको वारेमा सार्वजनिक सुनुवाईमा जानकारी गराएका थिए ।

कार्यक्रममा सहभागीहरुले राखेको सवालमाथि नगर प्रमुख रवि केसी, निमित्त प्रमुख प्रशासकीय अधिकृत मणि राज शाह र विभिन्न विषय गत शाखाका कर्मचारीहरुले जवाफ दिनुभएको थियो ।

आठबिसकोट नगरपालिकाको आयोजनामा तथा एन पि स्टार मिडिया प्रालिको सहजिकरणमा भएको सार्वजनिक सुनुवाई कार्यक्रमको सहजिकरण पत्रकार अर्जुन बिष्ट र सत्य बटालाले गर्नुभएको थियो ।

उजेली न्यूज
हरेकपल ताजा समाचार

प्रतिक्रिया दिनुहोस्

सम्बन्धित समाचार