डिएसपीहरूको सरुवा, रुकुम पश्चिममा नमराज भट्टराई

डिएसपीहरूको सरुवा, रुकुम पश्चिममा नमराज भट्टराई

काठमाडौँ । प्रहरी प्रधान कार्यालयले डीएसपीहरुको सरुवा गरेको छ । ११६ जना डीएसपीहरुको सरुवा गरिएको प्रहरी प्रधान कार्यालय मानवश्रोत विकाश विभागले जनाएको हो ।

डीएसपी सुवा बुढाथोकीलाई रसुवामा सरुवा गरिएको छ । ईलाका प्रहरी कार्यालय अनारमनीमा सुरज कार्की, ईलाका प्रहरी कार्यालय कोहलपुरमा सुन्दर तिवारी, जाजरकोटमा सन्तोष रोका, जिप्रका रोल्पामा श्याम सारुमगर, डोल्पामा शिव कुमार बुढाथोकी, रुकुम पूर्वमा अन्जना श्रेष्ठ र रुकुम पश्चिममा नमराज भट्टराइलाई सरुवा गरिएको छ ।

भट्टराई नेपाल प्रहरी प्रदान कार्यालय कार्य विभाग कार्य निर्देशनालय नक्साल, काठमाडौमा कार्यरत हुनुहुन्थ्यो ।

यस्तै पश्चिम रुकुममा कार्यरत (डीएसपी) विष्णु प्रसाद सोतीलाई प्रहरी प्रधान कार्यालयको कानुन शाखामा सरुवा गरिएको छ । प्रहरी वृत्त कीर्तिपुरमा राजु लामालाई पठाइएको छ । प्रहरी वृत्त ठिमीमा रविन श्रेष्ठ र जिप्रका म्याग्दीमा मदन कुँवरलाई सरुवा गरिएको छ ।

कसको सरुवा कहाँ ? यस्तो छ सूचीः

Loader Loading...
EAD Logo Taking too long?

Reload Reload document
| Open Open in new tab

 

 

उजेली न्यूज
हरेकपल ताजा समाचार

प्रतिक्रिया दिनुहोस्

सम्बन्धित समाचार