एक महिनामा चट्याङबाट १४ जनाको मृत्यु

एक महिनामा चट्याङबाट १४ जनाको मृत्यु

बैशाख १८ काठमाडौं
देशका विभिन्न स्थानमा एक महिनामा भरि चट्याङबाट १४ जनाको मृत्यु भएको छ भने ९८ जना घाइते भएका छन् ।

राष्ट्रिय विपद् जोखिम न्यूनीकरण तथा व्यवस्थापन प्राधिकरणका अनुसार गत वर्ष चट्याङले ८९ जनाको मृत्यु भएकोमा यो वर्ष एक महिनामै १४ जनाको मृत्यु भइसकेको छ ।
पछिल्लो ९ वर्षमा मात्रै चट्याङबाट नेपालमा ९ सय २९ जनाको मृत्यु भएको छ। प्राधिकरणको तथ्यांक अनुसार नेपालमा वार्षिक औषत एक सय जनाको चट्याङकै कारण मृत्यु हुनेको गरेको छ ।

उजेली न्यूज
हरेकपल ताजा समाचार

प्रतिक्रिया दिनुहोस्

सम्बन्धित समाचार