साइबर अपराधको आरोपमा पत्रकार पक्राउ

साइबर अपराधको आरोपमा पत्रकार पक्राउ

वैशाख १८ काठमाडौं । पत्रकार तथा रेडियो नेपालका बोर्ड सदस्य समेत रहेका दीपक पाठक पक्राउ पर्नुभएको छ ।

प्रहरीको साइबर ब्युरोले विद्युतीय अपराध गरेको आरोपमा झापा घर भएका पाठकलाई पक्राउ गरेको हो । स्रोतका अनुसार नेकपा अध्यक्ष पुष्पकमल दाहाललाई सामाजिक सञ्जालबाट गाली गलौज गरेको आरोपमा पाठकलाई पक्राउ गरिएको हो ।

केन्द्रीय प्रहरी प्रवक्ता डीआईजी निरज शाहीले पाठकलाई पक्राउ गरिएको पुष्टि गर्नुभएको छ । यद्यपि, उहाँको कसूरबारे आफूलाई जानकारी आइनसकेको उहाँले बताउनु भएको छ ।

उजेली न्यूज
हरेकपल ताजा समाचार

प्रतिक्रिया दिनुहोस्

सम्बन्धित समाचार