आइसोलेसन कक्षमा मृत्यु भएकी महिलामा कोरोना संक्रमण नभएको

आइसोलेसन कक्षमा मृत्यु भएकी महिलामा कोरोना संक्रमण नभएको

वैशाख १९ काठमाडौ
जिल्ला अस्पताल अछामको आइसोलेसन कक्षमा मृत्यु भएकी महिलामा कोरोना भाइरस कोभिड १९ संक्रमण नभएको पाइएको छ ।

अछाम जिल्ला, मंगलसेन नगरपालिका—५ घर भएकी ५१ बर्षीया महिलाको बिहीबार मृत्यु भएको थियो । उनको सुर्खेतको प्रयोगशालामा गरिएको कोरोना संक्रमणको परीक्षणको नतिजा नेगेटिभ आएको स्वास्थ्य कार्यालय अछामका प्रमुख झंनक ढुंगानाले बताउनु भयो

ज्वरो आउने, खोकी लाग्ने लक्षण देखिएपछि उहाँलाई वैशाख १५ गते जिल्ला अस्पतालको आइसोलेसनमा राखिएको थियो ।

उजेली न्यूज
हरेकपल ताजा समाचार

प्रतिक्रिया दिनुहोस्

सम्बन्धित समाचार