रुसका निर्माण मन्त्रीलाई काेराेना सङ्क्रमण पुष्टि

रुसका निर्माण मन्त्रीलाई काेराेना सङ्क्रमण पुष्टि

बैशाख २० काठमाडौ

रुसका निर्माण मन्त्री भ्लादिमिर यकुशेभ काेराेना भाइरस (काेभिड–१९) काे सङ्क्रमणपछि अस्पताल भर्ना भएका छन् । दुई दिनअघि मात्रै रुसी प्रधानमन्त्रीमा पनि काेराेनाकाे सङ्क्रमण देखिएकाे थियाे ।

निर्माण मन्त्रीका सहायक पनि भाइरसबाट सङ्क्रमित भएकाे रुसी सञ्चारमाध्यमले जनाएका छन् ।  गएकाे बिहीबार प्रधानमन्त्री मिखाइल मिशुस्तिनले राष्ट्रपति भ्लादिमिर पुटिनलाई आफू काेराेना सङ्क्रमित भएकाे बारे जानकारी गराएका थिए ।

अहिले राष्ट्रपति पुटिनले भिडियाेले आफ्नाे आवासबाटै कन्फ्रेन्समार्फत सरकार सञ्चालन गरिरहेका छन् ।  गएकाे २४ घण्टामा रुट्ठमा ९ हजार ६ सय २३ जनामा सङ्क्रमण देखिएकाेमा आधाभन्दा धेरै मस्काेका छन् ।

रुसमा काेराेना भाइरसबाट सङ्क्रमित हुनेकाे दर बढिरहेकाे छ । काेराेनाकाे कारण रुसमा अहिलेसम्म एक हजार दुई सय २२ जनाकाे ज्यान गइसकेकाे छ । एजेन्सी

उजेली न्यूज
हरेकपल ताजा समाचार

प्रतिक्रिया दिनुहोस्

सम्बन्धित समाचार