विद्यालयमा वित्तीय साक्षरता कार्यक्रम

विद्यालयमा वित्तीय साक्षरता कार्यक्रम

रुकुमकोट । ग्लोबल आईएमई बैंक लिमिटेड रुकुम पूर्व शाखाले विद्यालयमा वित्तीय साक्षरता कार्यक्रम सञ्चालन गरेको छ । आज जिल्लाको त्रिभुवन जनता माध्यमिक बिद्यालयमा वित्तीय साक्षरता कार्यक्रम गरेको हो ।

विद्यार्थीहरुलाई वित्तीय ज्ञान सीपबाट व्यावहारिक रुपमा सक्षम बनाउने उदेश्यले वित्तीय साक्षरता कार्यक्रम गरिएको जनाइएको छ । विद्यार्थीहरु मार्फत समाजमा वित्तीय चेतना फैलाउनको लागि (ग्लोबल मनि विक) कार्यक्रम अन्तर्गत कक्षा १२ मा अध्ययनरत विद्यार्थीहरु लाई केन्द्रित गरेर बित्तिय साक्षरता कार्यक्रम सञ्चालन गरिएको बैंकका प्रबन्धक सागर थापाले जानकारी दिनुभयो ।

कार्यक्रमा वित्तीय साक्षरताको आवश्यकता, महत्व र डिजिटल बैकिङको बारेमा शाखा प्रबन्धक थापाले जानकारी गराउन भएको थियो । युवा विद्यार्थीमा वित्तीय साक्षरताको प्रवद्र्धन र वित्तीय पहुँच विस्तारसँगै स्वरोजगारको सिर्जनाका आधार, उद्यमशीलताको विकास, आयस्तर अभिवृद्धि सहितका विषयलाई जागरण गराउन अभियान सञ्चालन गरिएको बैंकले जनाएको छ ।

युबा बिधार्थी लक्षित कार्यक्रमले समाजमा सकारात्मक प्रभाब पार्ने र यस्ता कार्यक्रम भबिश्यमा पनि भएमा बिधार्थीको सिकाइमा थप टेवा पुग्ने कुरा बिधालयका शिक्षक रामचन्द्र दाहालले बताउनुभयो ।

उजेली न्यूज
हरेकपल ताजा समाचार

प्रतिक्रिया दिनुहोस्

सम्बन्धित समाचार