रुकुम महोत्सव : ४५ लाख आम्दानी, ४२ लाख ७२ हजार खर्च

आय-व्यय सार्वजनिक

रुकुम महोत्सव : ४५ लाख आम्दानी, ४२ लाख ७२ हजार खर्च

आय-व्यय सार्वजनिक

रुकुम महोत्सव

मुसिकोट । राष्ट्रिय लोक तथा दोहोरी गित प्रतिष्ठान रुकुम पश्चिम र कला साँस्कृतिक पर्यटन प्रवद्र्धन मञ्चेको संयुक्त आयोजनामा सञ्चालन गरिएको रुकुम महोत्सवको आय-व्यय सार्वजनिक गरिएको छ।

आज खलंगामा पत्रकार सम्मेलनको आयोजना गरेर महोत्सवबाट जम्मा ४५ लाख रुपैयाँ आम्दानी भएको सार्वजनिक गरिएको छ । जसमा स्टलबाट १४ लाख, प्रवेश शुल्कबाट २८ लाख र अन्य ३ लाख गरि ४५ लाख रुपैयाँ आम्दानी भएको महोत्सव मूल आयोजक समितिका संयोजक डिल्ली परियारले जानकारी दिनुभयो ।

यस्तै, व्यय तर्फ जम्मा ४२ लाख ७२ हजार खर्च भएको जनाएको छ । जसमा कलाकार खर्च २० लाख, स्टल निर्माण र साउण्डमा १४ लाख, होटल खर्च ४ लाख मुसिकोट नगरपालिकालाई कर २ लाख, बजारका व्यापारीलाई १ लाख, विभिन्न व्यक्ति तथा निकायलाई सहयोग ७२ हजार, अन्य खर्च १ लाख रहेको संयोजक परियारले बताउनुभयो । उहाँका अनुसार २ लाख २८ हजार बचत भएको छ।

रुकुम पश्चिम समृद्धिको आधार, कला संस्कृति, पर्यटन विकास र उद्योग व्यापार’ भन्ने मुल नाराका साथ फागुन २६ गतेबाट सुरु भएको महोत्सव चैत्र ७ गते सञ्चालन भएको थियो ।

यस्तै, महोत्सवको करिब एक लाख दर्शकले अवलोकन गरेको आयोजकले जनाएको छ । छिमिकी जिल्ला रुकुम पूर्व, सल्यान, जाजरकोट र रोल्पाका मान्छेहरु पनि महोत्सव हेर्नका लागि आएको बताइएको छ ।

उजेली न्यूज
हरेकपल ताजा समाचार

प्रतिक्रिया दिनुहोस्

सम्बन्धित समाचार