दाइजो माग्दै श्रीमती कुटपिट गर्ने श्रीमान कारागार चलान

दाइजो माग्दै श्रीमती कुटपिट गर्ने श्रीमान कारागार चलान

सप्तरी । घरेलु हिंसा तथा ५० लाख नगद दाइजो माग गर्दै आएको भनी श्रीमतीद्वारा आरोप लागेका राजविराज ३ का नवीन कुमार दासलाई बिहीबार सप्तरी जिल्ला अदालतले पुर्पक्षका लागि कारागार चलान गरिएको छ ।

राजविराज वडा नम्बर ३ की आरती कुमारी दासले श्रीमान् सहित आफ्नै परिवारका सदस्यहरूले बिहे भएको वर्ष दिन नबित्दै आफूमाथि घरेलु हिंसा भएको आरोप लगाउँदै गत माघ २६ गते जाहेरी लिएर अदालत पुग्नु भएको हो ।

विवाह सम्बन्धी कसुर मुद्दाको सुनुवाइ गर्नुहुँदै बिहीबार जिल्ला अदालतका एक नम्बर न्यायधिस हेमन्त रावल को एकल इजलासले पुर्पक्षका लागि आरोपित दासलाई कारागार चलान गरिएको अधिवक्ता किरण कुमारी साहले जानकारी दिनुभयो । मुद्दाको अनुसन्धानको क्रममा यसअघि आरोपित दासलाई २५ दिनसम्म जिल्ला प्रहरी कार्यालयको हिरासतमा भइराखेको अनुसन्धान अधिकृत राजीव गिरीले बताउनु भएको हो ।

 

उजेली न्यूज
हरेकपल ताजा समाचार

प्रतिक्रिया दिनुहोस्

सम्बन्धित समाचार