बिहिबारदेखि सांसदहरुमा कोरोना परीक्षण गरिने

बिहिबारदेखि सांसदहरुमा कोरोना परीक्षण गरिने

बैशाख २४ काठमाडौ
भोली देखि प्रतिनिधिसभा र राष्ट्रियसभाका सांसदहरुमा कोरोना संक्रमणको परीक्षण गरिने भएको छ ।

संसद सचिवालयका अनुसार बिहीबार बिहान ११ बजेदेखि प्रतिनिधिसभाका सदस्यहरुको पीसीआर प्रविधिबाट कोरोनाको परीक्षण सुरु गरिने बताएको छ। बिहान १० बजेदेखि राष्ट्रिय सभाका सदस्यहरुको परीक्षण सुरु हुनेछ ।  कोरोना परीक्षण गर्ने व्यवस्था संघीय संसद भवनकै ल्होत्से हलमा मिलाइएको छ ।

यस्तै  एकै दिनमा स्वाब संकलन गरिसक्ने सचिवालयको तयारी छ ।  शुक्रबारदेखि संघीय संसदको वर्षे अधिवेशन सुरु हुँने भएपछि सांसदहरुको टेष्ट गरिसकेपछि कर्मचारी, मर्यादापालक, पत्रकारको स्वाब संकलनको प्रवन्ध पनि मिलाइने संसद सचिवालयका सूचना अधिकारी दशरथ धमलाले जानकारी दिनुभएको छ ।

उजेली न्यूज
हरेकपल ताजा समाचार

प्रतिक्रिया दिनुहोस्

सम्बन्धित समाचार