प्रहरीमाथि अभद्र व्यवहार गर्ने चिनियाँ नागरिक विरुद्ध मुद्दा चलाइने

प्रहरीमाथि अभद्र व्यवहार गर्ने चिनियाँ नागरिक विरुद्ध मुद्दा चलाइने

बैशाख २६ काठमाडौ
स्वदेश फिर्ता हुन पाउनुपर्ने माग गर्दै शुक्रबार सिंहदरबारमा धर्ना दिन गएका ४७ जना  चिनियाँ नागरिक र प्रहरीबीच  झडप भएको छ ।

विनाकुनै जानकारी लकडाउनको निषेधित क्षेत्र तोडेपछि प्रहरीले नियन्त्रणमा लिन खोज्ने क्रममा झडप भएको हो । त्यसक्रममा उनीहरुले डीएसपी हरीबहादुर बस्‍नेतसहित अन्य प्रहरीमाथि हातपात गरेका थिए ।

प्रहरीमाथि हातपात गर्ने ४ जना चिनियाँ नागरिकलाई अभद्र व्यवहारमा मुद्दा चलाइने भएको छ ।  उनीहरुलाई मुलुकी अपराध संहिता ऐन २०७४ को अभद्र व्यवहार कसुरमा मुद्दा चलाएर बाँकी ४३ जनालाई रिहा गर्न लागिएको काठमाडौं प्रहरीका एसपी सोमन्द्र सिंह राठौरले बताउनु भयो ।

यस्तै नेपालीस्थित चिनियाँ दूतावासले पनि प्रदर्शनमा उत्रिका आफ्‍ना नागरिकमाथि कानूनी कारबाही गर्न प्रहरीलाई अनुरोध गरेको छ ।

उजेली न्यूज
हरेकपल ताजा समाचार

प्रतिक्रिया दिनुहोस्

सम्बन्धित समाचार