श्रेस्तेदार विरुद्ध भ्रष्टाचार मुद्दा

श्रेस्तेदार विरुद्ध भ्रष्टाचार मुद्दा

बैशाख २८ काठमाडौ
अख्तियार दुरुपयोग अनुसन्धान आयोगले जिल्ला अदालत कास्कीका श्रेस्तेदार लोकनाथ पराजुलीविरुद्ध विशेष अदालत काठमाडौंमा मुद्दा दायर गरेको छ ।

अदालतमा विचाराधिन मुद्दामा नियन्त्रणमा लिएको गाडी छुटाइदिने प्रलोभन देखाउँदै घुस लिएको दाबीसहित अख्तियारले उनीविरुद्ध आइतबार मुद्दा दायर गरेको आयोगका प्रवक्ता प्रदीपकुमार कोइरालाले जानकारी दिनुभएको छ ।

सेवाग्राहीसँग ३० हजार रुपैयाँ घुस लिइसकेको अवस्थामा आयोगको टोलीले उहाँलाई नियन्त्रणमा लिएर अनुसन्धान अघि बढाएको छ।

उजेली न्यूज
हरेकपल ताजा समाचार

प्रतिक्रिया दिनुहोस्

सम्बन्धित समाचार