बाँफिकोटमा १०५ जना विद्यार्थीलाई शैक्षिक सामग्री वितरण

आमा–बाबु स्मृति प्रतिष्ठान छात्रवृत्ति अक्षय कोषबाट शैक्षिक सामग्री वितरण

बाँफिकोटमा १०५ जना विद्यार्थीलाई शैक्षिक सामग्री वितरण

आमा–बाबु स्मृति प्रतिष्ठान छात्रवृत्ति अक्षय कोषबाट शैक्षिक सामग्री वितरण

शैक्षिक सामग्री हस्तान्तरण गर्दै अक्षय कोष संचालक समितिका अध्यक्ष चन्द्रबहादुर केसी ।

मुसिकोट । रुकुम पश्चिमको बाँफिकोट गाउँपालिका भित्रका १०५ जना विद्यार्थीलाई शैक्षिक सामग्री वितरण गरिएको छ ।

आमा बाबु स्मृति प्रतिष्ठान छात्रवृत्ति अक्षयकोषबाट गाउँपालिका भरीका कक्षा १ देखि १० सम्म अध्यनरत विपन्न, जेहेन्दार, टुहुरा, संरक्षण विहिन र सहिद परिवारका बालबालिकालाई शैक्षिक सामग्री वितरण गरिएको हो ।

आज बाँफिकोट ४ को वीरेन्द्र माध्यमिक विद्यालयमा एक कार्यक्रमको आयोजना गरेर आमा बाबु स्मृति प्रतिष्ठान छात्रवृत्ति अक्षकोषमा जम्मा भएको ३३ लाख ४ हजार १५ रकमको लाभांसबाट प्राप्त भएको ३ लाख ५० हजार मुल्य बराबरका विद्यार्थीलाई वर्षभरीलाई पुग्ने शैक्षिक सामग्री प्रदान गरिएको बताइएको छ ।

जसअन्तरगत १४ जना जेहेन्दार, ३२ जना टुहुरा, १३ जना सहिद परिवार र ४६ जना विपन्न बालबालिकालाई कापि, कलम, झोला, टिफिन बक्स, छात्रालाई कुर्ता सुरुवाल र छात्रलाई पाइन्ट सर्ट वितरण गरिएको अक्षय कोष संचालक समितिका अध्यक्ष चन्द्रबहादुर केसीले बताउनुभयो ।  उहाँका अनुसार गाउँपालिका भित्रका ३० वटा सामुदायिक विद्यालयबाट छनौट भएका विद्यार्थीहरुलाई शैक्षिक सामग्री वितरण गरिएको हो ।

गाउँपालिकामा रहेका कुनैपनि बालबालिका आर्थिक अभावमा पढाईबाट बञ्चित हुन नपरोस भनेर २०७८ सालदेखि कोष स्थापना गरिएको र उक्त कोषमा जम्मा भएको रकमको लाभांसबाट हरेक वर्ष छात्रवृत्ति वितरण गरिदै आएको जनाइएको छ ।

देश तथा विदेशमा रहेका व्यक्तिहरुको आर्थिक सहयोगमा प्रतिष्ठान संचालन गरिएको छ । आमा बुवाको सम्झनामा अक्षकोषमा जम्मा हुँदै आएको ब्याज रकमले हरेक वर्ष विद्यार्थीलाई छात्रवृत्ति उपलब्ध गराउन सहज भएको अध्यक्ष केसीले जानकारी दिनुभयोे ।

अक्षयकोष संचालक समितिका अध्यक्ष चन्द्रबहादुर केसीको अध्यक्षतामा भएको छात्रवृत्ति वितरण कार्यक्रममा बाँफिकोट गाउँपालिका शिक्षा, युवा तथा खेलकुद शाखा प्रमुख रत्नबहादुर केसी, यमुनानन्द नमुना मावि शिक्षक गोपाल केसी, नेपाल पत्रकार महासंघ रुकुम पश्चिमका अध्यक्ष लक्ष्मण केसी, विभिन्न विद्यालयका प्रधानाध्यापक, शिक्षक, अभिभावक, पत्रकार लगायतको आतिथ्यता रहेको थियो ।

उजेली न्यूज
हरेकपल ताजा समाचार

प्रतिक्रिया दिनुहोस्

सम्बन्धित समाचार