खलंगाका १७ वटा मासु पसलमा अनुगमन

खलंगाका १७ वटा मासु पसलमा अनुगमन

मुसिकोट । रुकुम पश्चिमको जिल्ला सदरमुकाम मुसिकोटका १७ वटा मासु पसल अनुगमन गरिएको छ ।

शुक्रबार जिल्ला प्रशासन कार्यालय रुकुम पश्चिम र पशु अस्पताल तथा पशु सेवा कार्यालयको सयुक्त आयोजनामा मासु पसल गरिएको हो । सहायक प्रमुख जिल्ला अधिकारी प्रवेश बढुवालको संयोजकत्वमा मुसिकोट बजार क्षेत्रमा सञ्चालनमा रहेका १७ वटा मासु पसलहरु अनुगमन गरिएको हो ।

पशु अस्पताल तथा पशु सेवा कार्यालय रुकुम पश्चिमका निमित्त कार्यालय प्रमुख ज्ञानु कुमार शर्माका अनुसार इजाजत नलिएका आठ वटा मासु पसल बन्द गरिएको छ । उहाँका अनुसार आवश्यक दर्ता प्रक्रिया पुर्याएर सम्बन्धित निकायमा व्यवसाय दर्ता दर्ता ती पसलहरुलाई निर्देशा दिईएको छ ।

अनुगमनको क्रममा केहि मासु पसलहरुमा सरसफाई नभएको, मूल्य सूचि नराखिएको र एकै स्थानमा खसी, बोका, कुखुरा र माछा काटिने गरिएको पाईएको छ । ती पसलहरुलाई सुधारका लागि निर्देशन दिईएको शर्माले बताउनुभयो ।

अनुगमन पश्चात सहायक प्रमुख जिल्ला अधिकारी बढुवालले जनस्वास्थ्यमा असर पर्नेगरी सञ्चालन गरिएका मासु पसलहरुमा देखिएका समस्या तत्काल सुधार गर्न निर्देशन गरिएको बताउनुभयो । उहाँले बजार अनुगमनलाई निरन्तरता दिईने समेत जानकारी दिनुभयो ।

अनुगमन कार्यक्रममा उद्योग तथा उपभोक्ता हित संरक्षण कार्यालयका निमित्त प्रमुख मोहन कुमार केसी, उद्योग वाणिज्य संघ रुकुमका अध्यक्ष पलबहादुर खड्का, नेपाल पत्रकार महासंघ रुकुम पश्चिमका अध्यक्ष लक्ष्मण केसी, जिल्ला प्रहरी कार्यालयका प्रहरी बरिष्ठ नायब निरीक्षक शेरबहादुर चन्द, मुसिकोट नगरपालिकाका पशु सेवा शाखाका प्राविधिक शिवराज महतारा लगायतको सहभागिता रहेको थियो ।

उजेली न्यूज
हरेकपल ताजा समाचार

प्रतिक्रिया दिनुहोस्

सम्बन्धित समाचार