भलिबल खेलाडी प्रगतिलाई सम्मान

भलिबल खेलाडी प्रगतिलाई सम्मान

मुसिकोट । राष्ट्रिय महिला भलिबल खेलाडी प्रगति नाथलाई सम्मान गरिएको छ । राष्ट्रिय महिला भलिबल टिममा छनौट भई उत्कृष्ट खेल प्रदर्शन गर्न सफल रुकुम पश्चिमकी प्रगती नाथलाई गृह जिल्लामा स्वागत तथा सम्मान गरिएको छ ।

आज जिल्लाको बाँफिकोट गाउँपालिका वडा नम्वर २ को कार्यालयले राष्ट्रिय भलिबल खेलाडी प्रगतिलाई सम्मान गरेको हो । सोहि वडा निवासी प्रगति गृह जिल्ला आएको बेलामा स्वागत सहित सम्मान गरिएको वडा अध्यक्ष प्रकाश खत्रीले बताउनुभयो ।

भलिबल खेलाडी प्रगतिले गाऊँ, जिल्ला र देशकै नाम उच्च राखेको वडा अध्यक्ष खत्रीले बताउनुभयो। आफ्नै वडावासी देशको गहनाको रुपमा उदाएकोले वडा कार्यालयले स्वागत सहित सम्मान गरेको हो ।

उजेली न्यूज
हरेकपल ताजा समाचार

प्रतिक्रिया दिनुहोस्

सम्बन्धित समाचार