नेपाललाई दियो भारतले ३० हजार जनाको पीसीआर टेस्ट गर्न मिल्ने किट

नेपाललाई दियो भारतले ३० हजार जनाको पीसीआर टेस्ट गर्न मिल्ने किट

जेठ ४ काठमाडौं । भारत सरकारले ३० हजार व्यक्तिको जाँच गर्ने क्षमता भएको पीसीआर टेस्ट किट नेपाल सरकारलाई उपहार दिएको छ । नेपालका लागि भारतीय राजदूत विनय मोहन क्वात्राले स्वास्थ्य तथा जनसंख्या मन्त्री भानुभक्त ढकाललाई पीसीआर टेस्ट किट आइतबार प्रदान गरे ।

दूतावासका अनुसार ती किटहरु माई ल्याबले उत्पादन गरेका हुन् । प्याथोडिटेक्ट कोभिड–१९ क्वालिटेटिभ आरटी पीसीआर टेस्ट किटहरु राजदूत क्वात्राले हस्तान्तरण गरेको दूतावासले जारी गरेको विज्ञप्तिमा उल्लेख छ ।

उजेली न्यूज
हरेकपल ताजा समाचार

प्रतिक्रिया दिनुहोस्

सम्बन्धित समाचार