नेपालमा एकै दिन ५३ जनामा कोराना पुष्टि, संक्रमितको संख्या पुग्यो ३५७

नेपालमा एकै दिन ५३ जनामा कोराना पुष्टि, संक्रमितको संख्या पुग्यो ३५७

जेठ ५ काठमाडौ ।

 नेपालमा कोरोना भाइरसबाट संक्रमित हुनेको संख्या ३ सय ५७ पुगेको छ । सोमबार थप ५३ जनामा संक्रमण पुष्टि भएसँगै संक्रमितको संख्या ३५७ पुगेको हो ।

सोमबार बाँकेमा थप ४७ सहित थप ५३ जनामा कोरोना भाइरसको संक्रमण पुष्टि भएको स्वास्थ्य मन्त्रालयका प्रवक्ता डाक्टर विकास देवकोटाले जानकारी दिनुभएकाे छ ।                                                                                                                                            त्यस्तै गुल्मी, मोरङ, धनुषा, रौतहट, दाङ र धादिङमा १/१ जना गरी ६ जनामा पनि सोमबार नै कोरोना संक्रमण पुष्टि भएको छ ।

संक्रमण पुष्टि भएकामध्ये हालसम्म ३६ जना निको भएका छन् ।

उजेली न्यूज
हरेकपल ताजा समाचार

प्रतिक्रिया दिनुहोस्

सम्बन्धित समाचार