नेपालमा पछिल्लो कोरोना परीक्षणमा थप १८ जनामा सङ्क्रमण पुष्टि, सङ्क्रमितकाे संख्या ३७५ पुग्यो

नेपालमा पछिल्लो कोरोना परीक्षणमा थप १८ जनामा सङ्क्रमण पुष्टि, सङ्क्रमितकाे संख्या ३७५ पुग्यो

जेठ ५ काठमाडौँ । पछिल्लो कोरोना परीक्षण रिपाेर्ट अनुसार थप १८ जनामा सङ्क्रमण पुष्टि भएको छ । योसँगै नेपालमा सङ्क्रमित सङ्ख्या ३७५ पुगेको स्वास्थ्य तथा जनसङ्ख्या मन्त्रालयले जनाएको छ ।

राष्ट्रिय जनस्वास्थ्य प्रयाेगशाला, टेकु, बिपी काेइराला स्वास्थ्य विज्ञान प्रतष्ठान, धरान, भेरी अस्पताल नेपालगञ्ज तथा काेसी अस्पताल, विराटनगरमा गरिएकाे परीक्षणकाे पछिल्लाे नतिजाअनुसार थप १८ जनामा काेराेना सङ्क्रमण पुष्टि भएकाे हाे । थप सङ्क्रमितहरूमा धनुषानिवासी दुइ पुरूष, खाेटाङ हलेसीनिवासी एक पुरुष, बाँके नरैनापुरका १२ जना पुरुष, दैलेख आठबीसका एक पुरुष, सुनसरीका एक पुरुष र झापाका एक पुरुष रहेकाे मन्त्रालयले जनाएकाे छ ।

 

उजेली न्यूज
हरेकपल ताजा समाचार

प्रतिक्रिया दिनुहोस्

सम्बन्धित समाचार