विश्वभर कोरोना भाइरसबाट ५० लाख संक्रमित , १९ लाख निको भए

विश्वभर कोरोना भाइरसबाट ५० लाख संक्रमित , १९ लाख निको भए

जेठ ८ काठमाडौ
विश्वभर कोरोना भाइरसबाट संक्रमित हुनेको संख्या ५० लाख नाघेको छ । जोन्स हप्किन्स युनिभर्सिटीको तथ्यांक अनुसार अहिलेसम्म विश्वभर कोरोना संक्रमित हुनेको संख्या ५० लाख ५ सय ६१ पुगेको छ ।

संक्रमित हुनेमा सबैभन्दा बढी अमेरिकामा १५ लाख ५१ हजारभन्दा धेरै मानिसमा कोरोना भाइरसको संक्रमण पुष्टि भएको छ, रुसमा तीन लाख आठ हजारभन्दा धेरैमा संक्रमण देखिएको छ ।

त्यस्तै कोरोना भाइरसबाट विश्वभर मृत्यु हुनेको संख्या पनि तीन लाख २८ हजार १९१ पुगेको छ । कोरोना भाइरसबाट मृत्यु हुनेमा सबैभन्दा बढी अमेरिकामा ९३ हजारभन्दा धेरै पुगेको छ ।

यस्तै विश्वभर कोरोना भाइरसबाट निको हुने संक्रमितको संख्या पनि करिब १९ लाख पुगेको छ ।

उजेली न्यूज
हरेकपल ताजा समाचार

प्रतिक्रिया दिनुहोस्

सम्बन्धित समाचार