त्रिबि शिक्षण अस्पतालमा उपचाररत महिलामा कोरोना संक्रमण पुष्टि

त्रिबि शिक्षण अस्पतालमा उपचाररत महिलामा कोरोना संक्रमण पुष्टि

जेठ १० काठमाडौ । त्रिवि शिक्षण अस्पताल काठमाडौंमा उपचाररत एक महिलामा कोरोना संक्रमण पुष्टि भएको छ।

हेटौंडा उपमहानगरपालिका– ४ हुप्रचौरकी ५४ वर्षकी महिलाको शुक्रबार पीसीआर परीक्षण गर्दा कोरोना भाइरसको संक्रमण पुष्टि भएको हो। शुरुमा र्यापिड टेष्ट गर्दा नेगेटिभ देखिएकोमा पीसीआर परीक्षण गर्दा पोजेटिभ देखिएको हो।

मुुटु रोगी ती महिलालाई हेटौंडा अस्पतालले एक साताअघि त्रिवि शिक्षण अस्पताल हाताको मनमोहन कार्डियो थोरासिक भास्कुलर एण्ड ट्रान्सप्लान्ट सेन्टरमा पठाएको थियो। कोरोना संक्रमण पुष्टि भएपछि ती महिलालाई गणेशमान भवनस्थित आइसोलेसनमा सारिएको छ।

उजेली न्यूज
हरेकपल ताजा समाचार

प्रतिक्रिया दिनुहोस्

सम्बन्धित समाचार