क्वारेन्टाइनमा आफन्तलाई मदिरा पुर्‍याउँदा…

क्वारेन्टाइनमा आफन्तलाई मदिरा पुर्‍याउँदा…

जेठ ११ चितवन । क्वारेन्टिनमा बसेका आफन्तलाई घरेलु मदिरा पुर्‍याउनेलाई स्थानीय प्रशासनले रु पाँच हजार जरिवाना गराएको छ ।

राप्ती नगरपालिका वडा नं ३ का २५ वर्षीय कुमार थपलियालाई सो जरिवाना गराएको जिल्ला प्रशासन कार्यालयका सूचना अधिकारी ईश्वर सिंखडाले जानकारी दिए ।

उनका अनुसार थपलियाले बुद्धशान्ति माविमा रहेको क्वारेन्टिनमा रहेका आफन्तलाई घरेलु मदिरा पुर्‍याउन जाने क्रममा थपलियालाई गत वैशाख ८ गते प्रहरीले नियन्त्रणमा लिएर प्रशासनमा बुझाएको थियो । प्रशासनले उनीसँगको बयानपछि जरिवाना तोक्दै अबदेखि यस्तो नगर्न सचेत गराएर छाडेको छ । रासस

उजेली न्यूज
हरेकपल ताजा समाचार

प्रतिक्रिया दिनुहोस्

सम्बन्धित समाचार