क्वारेन्टाइनमा सहयोग

क्वारेन्टाइनमा सहयोग

संगम के सि । जेठ ११ रुकुम पूर्व
देशका विभिन्न ठाउँमा गरि १ सय २० वटा शाखा विस्तार गरेको डिप्रोक्स लघुबित्त बित्तिय संस्था लिमिटेडले रुकुम पूर्वको सिस्ने गाउँपालिका वडा नम्बर ५ मा रहेको क्वारेन्टाइनमा बसेकाहरुको लागि आर्थिक सहयोग गरेको छ । सिस्ने गाउँपालिका ५ को रुक्मिणी माविमा निर्माण गरिएको क्वारेन्टाइनमा बसेकाहरुलाई मध्यनजर गर्दै वडा नम्बर ६ छिप्रीदहमा रहेको डिप्रोक्स लघुबित्त बित्तिय संस्था लिमिटेड रुकुमकोट शाखाले २० हजार रकम सहयोग गरेको हो ।

डिप्रोक्स लघुबित्त बित्तिय संस्थाका शाखा प्रबन्धक अनिल बस्नेतले वडा नम्बर ६ अध्यक्ष सुधन रेग्मिलाई २० हजारको चेक हस्तान्त्रण गर्नुभएको हो । कोरोना भाइरस महामारीको बेलामा क्वारेन्टाइनमा बसेकाहरुलाई सहयोग गर्न चेक हस्तान्त्रण गरेकोमा वडा अध्यक्ष रेग्मिले शाखा प्रबन्धक बस्नेतसहित डिप्रोक्स लघुबित्त वित्तिय संस्था लिमिटेड रुकुमकोट शाखा परिवारलाई धन्यवाद दिनुभएको छ । उक्त रकमबाट डिप्रोक्सले भनेजस्तै ती सामाग्रीहरु खरिद गरेर छिटै नै क्वारेन्टाइनमा बसेकाहरुलाई सहयोग गर्ने वडा अध्यक्ष रेग्मिले बताउनु भएको छ ।

उजेली न्यूज
हरेकपल ताजा समाचार

प्रतिक्रिया दिनुहोस्

सम्बन्धित समाचार