बारामा थप ४ सुरक्षाकर्मीमा कोरोना संक्रमण पुष्टि

 बारामा थप ४ सुरक्षाकर्मीमा कोरोना संक्रमण पुष्टि

जेठ ११ काठमाडौ
बारामा एकैदिन थप चार जना सुरक्षाकर्मीमा कोरोना संक्रमण पुष्टि भएको छ ।

संक्रमित हुनेमा जिल्ला प्रहरी कार्यालयमा कार्यरत ४ जना प्रहरी कर्मचारी रहेका बाराका प्रमुख जिल्ला अधिकारी रुद्रप्रसाद पण्डित पुष्टि गरे ।

उनका अनुसार जिल्ला प्रहरी कार्यालय बारामा कार्यरत सर्लाही घर भएका ४९ वर्षीय, कलैया–१६ घर भएका ३४ वर्षीय, पर्सा घर भएका ३२ वर्षीय र रौतहटको युमनामाई घर भएका ३४ वर्षीय प्रहरी कर्मचारी स‌ंक्रमित भएका हुन् ।

यसअघि मुद्दा शाखामा कार्यरत प्रहरी कर्मचारीमा कोरोना संक्रमण पुष्टि भएको थियो । पण्डितका अनुसार पहिलो संक्रमितको कन्ट्याक ट्रेसिङको आधारमा उनीहरु सबैको जेठ ७ गते स्वाब परीक्षण गरिएको थियो ।

बालमन्दिर आइसोलेसनमा बस्दै आएका उनीहरुलाई कलैया अस्पताल ल्याउने तयारी भइरहेको उनले बताए ।

उजेली न्यूज
हरेकपल ताजा समाचार

प्रतिक्रिया दिनुहोस्

सम्बन्धित समाचार