साेतिमा भएकाे घटनाको छानबिन गर्न मानवअधिकार आयोगको माग

साेतिमा भएकाे घटनाको छानबिन गर्न मानवअधिकार आयोगको माग

जेठ १३ काठमाडौं । रुकुम पश्चिमकाे चौरजहारि नगरपालिका ८ मा भएकाे घटनामा  संलग्नलाई राष्ट्रिय मानव अधिकार आयोगले छानबिन गरी घटनामा संलग्नलाई कानूनी दायरामा ल्याउन सरकारलाई आग्रह गरेको छ । आयोगले मंगलबार विज्ञप्ति जारी गरी घटनाको छानबिन गर्न माग गरेको हो ।

आयोगले नेपालको कानून र विभिन्न अन्तर्राष्ट्रिय कानून विपरीतको यो घटनालाई जातीय विभेदको पराकाष्टा भनेको छ ।                                                               यस्तै आयोगले घटनामा प्रभावकारी अनुसन्धानको लागि आयोगको कर्णाली प्रदेश शाखा कार्यालय, जुम्लाबाट स्थानीय प्रहरी प्रशासनलाई पत्राचार हुनुका साथै जिल्लास्थित मानव अधिकार अवस्था अनुगमन समितिबाट अनुगमन भइरहेको बताएको छ ।

शनिबार पश्चिम रुकुममा प्रेमिकासँग विवाह गर्न साथीसहित आएका जाजरकोट भेरी नगरपालिकाका नवराज विकसहित ३ जनाको केटी पक्षको आक्रमणबाट जोगिन नदीमा हामफाल्दा मृत्यु भएको छ । तीन जना बेपत्ता छन् छन ।

उजेली न्यूज
हरेकपल ताजा समाचार

प्रतिक्रिया दिनुहोस्

सम्बन्धित समाचार