बारामा थपिए तीन जना कोरोना संक्रमित

बारामा थपिए तीन जना कोरोना संक्रमित

जेठ १७ वीरगञ्ज । बारामा शनिबार थप तीन जनामा कोरोना संक्रमण पुष्टि भएको छ ।

बाराका प्रमुख जिल्ला अधिकारी रुद्रप्रसाद पण्डितका अनुसार सिम्रौनगढ नगरपालिका वडा नम्बर ३ का १८ वर्ष र ३५ वर्षका तथा सुवर्ण गाउँपालिकाको हर्दियाका एक पुरुषमा संक्रमण पुष्टि भएको हो ।

सिम्रौनगढ नगरपालिका वडा नम्बर ३ मा संक्रमण पुष्टि भएका दुवै व्यक्ति भारतबाट आएर किसुनपुरस्थित मदरसा क्वारेन्टिनमा बस्दै आएका थिए । उक्त क्वारेन्टिनमा ३७ जनाको पीसीआर परीक्षण गरिएको र सो मध्ये २ जनामा संक्रमण पुष्टि भएको सिम्रौनगढ नगरपालिकाका स्वास्थ्य प्रमुख भोजेन्द्र चोधरीले जानकारी दिए ।

उजेली न्यूज
हरेकपल ताजा समाचार

प्रतिक्रिया दिनुहोस्

सम्बन्धित समाचार